STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको आज यहाँ शुभारम्भ गर्दै उहाँले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख सचिव दीपक सुवेदीसँग कुराकानी गरी सो सेवाको शुभारम्भ गर्नुभएको थियो । क्षमता अभिवृद्धि, सेवा विस्तार, गुणस्तरीयता र जनताको मन जित्ने किसिमले कार्यसम्पादनमाथि जोड दिँदै मन्त्री बाँस्कोटाले टेलिकमबाट बाहिरिएकै प्राविधिकको सीपबाट अन्य संस्था प्रतिस्पर्धामा अग्रस्थानमा रहनुले पनि यसको सेवाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागेको बताउनुभयो । सम्पत्तिका दृष्टिले पनि सम्पन्न अवस्था रहेको टेलिकमको कार्यसम्पादन कर्मचारीको अल्छीपनका कारण तल खस्केको बताउँदै कम्पनीले अघि सारेको फोरजीलगायत नौ परियोजनाको सफल कार्यान्वयनतर्फ उन्मुख भई डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पलपलमा चुनौती थपिँदै गएको परिवेशमा टेलिकमले सेवालाई छिटो र गुणस्तरीय ढङ्गले कुनाकाप्चासम्म विस्तार गर्नु जरूरी छ ।” प्राविधिक रूपान्तरणको पहिलो पाइलाका रूपमा टेलिकमले जनकपुरधाम क्षेत्रका ११ हजार सेवाग्राहीलाई सो सेवा क्रमिक रूपले उपलब्ध गराउने लक्ष्य राखेको छ । सो प्रविधिअन्तर्गत अप्टिकल फाइबरमार्फत प्रयोगकर्ताले भिडियो र डाटा उच्चगतिको प्राप्त गर्ने जनाइएको छ । टेलिकमका क्षेत्रीय निर्देशक अमरेन्द्रनारायण सिंह र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले एफटिटिएच सेवालाई देशभर विस्तार गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । टेलिकमका जनकपुरधाम कार्यालय प्रमुख चिन्मय आनन्दले एफटिटिएच सेवाबाट उच्च गतिको इन्टरनेट सेवा प्राप्त हुने बताउनुभयो ।
Categorized in राष्ट्रिय