STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डिभी परेकालाई नक्कली प्रमाणपत्र बनाइदिने १० जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० माघ १९, शुक्रबार

काठमाडौं- प्रहरीले अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ । 

प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अन्य ७ जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले बताए ।

प्रहरीले धनुषाका ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भइ चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भइ ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङ, ललितपुरका २५ वर्षीय सञ्जय महर्जन, चितवन भरतपुर १२ घर भएका २५ वर्षीय सुमन ढकाललाई पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा सिरहा स्थायी ठेगाना भइ भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, सर्लाही घर भइ धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, दोलखा घर भएका ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा घर भइ बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीका २६ वर्षीय स्वर्णिम दाहाल छन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Categorized in अपराध-दुर्घटना