STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डिल्लीबजार कारागारको कैदीबन्दीबीच झडप

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

डिल्लीबजार कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको छ। आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्।   स्थिति नियन्त्रणमा लिन प्रहरीले कारागार सिल गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार कारागारको क्यान्टिनले सामान दिन छाडेको विषयमा झडप भएको र अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। कैदीबन्दीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन्। लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको दावी छ। स्थिति थप तनावपूर्ण नहोस भन्नका लागि अहिले सयौको संख्याका प्रहरी परिचालन गरिएको छ।
Categorized in अपराध-दुर्घटना