STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार

देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रम अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेङ्गुबाट बच्न जनचेतना जगाउने काम भइरहेको प्रमुख गेलालको भनाइ थियो । त्यसैगरी जिल्लाका चारवटै नगरपालिकाले जनचेतनामूलक पर्चा, तथा पम्प्लेट तयार गरी सार्वजनिक स्थान, विद्यालयलगायत क्षेत्रबाट वितरण गरी घरघरमा पु¥याउने, सबै सरकारी तथा निजी अस्पतालले डेङ्गु रोगको उपचारका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तयार गरी तत्काल काम गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयले एक नगरपालिकामा तीन जनाका दरले स्वास्थ्य क्षेत्रका अधिकृतलाई सहजकर्ताका रुपमा खटाउने भएको छ । उक्त रोग नियन्त्रणका लागि वरिष्ठ जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि रहनेगरी जिल्लास्तरीय सो टोली गठन गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको र स्थानीय रेडियो एफएममा जनचेतनामूलक सूचना बजाउनेजस्ता रोकथामका प्रयास भइरहेको उक्त कार्यालयका अधिकृत कृष्णबहादुर मिजारले बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली र चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले यो रोग महामारीका रुपमा फैलन नदिन आफूहरूले पनि आवश्यक पहल शुरु गरिसकेकोे जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय