STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १२, बिहिबार

गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ । पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म विस्फोटन गराउने लक्ष्य लिइएको छ । नेपाल चीन केरूङ ओहोरदोहर गर्ने मालवाहक कन्टेनर, यात्रुवाहक बस तथा अन्य सवारीसाधन भने आंशिकरूपमा छोड्ने व्यवस्था मिलाइसकिएको बताउँदै जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले पहिरो स्थलमा प्रहरीसमेत परिचालन गरिएको जानकारी दिनुभयो । पहराको ढुङ्गामा मङ्गलबार र बुधबारको प्रयासबाट पाँच÷छ मिटर गहिराइ भएका ४८ वटा प्वाल खोप्ने कार्य सम्पन्न भएको बताइएको छ । आज बिहानसम्ममा थप १५÷१६ प्वाल परेपश्चात् आजै विस्फोटन हुने स्थानीय प्रशासनले बताएको छ । पहिरोमा प्वाल पार्ने काममा रसुवागढी हाइड्रो पावरमा कार्यरत चिनियाँँ नागरिकसमेत परिचालन गरिएको र विस्फोटन पदार्थ प्रयोगका लागि सोमबारबाटै हेटाँैडाकोे भैँसेमा कार्यरत नेपाली सेनाको कालिप्रसाद इञ्जिनीयरिङ गणका दक्ष जनशक्ति तैनाथ भइसकेका छन् । यता लाङ्टाङ राष्ट्रिय निकुञ्जकोे सुरक्षामा कार्यरत नेपाली सेना कालिजङ्ग गणले राजमार्ग व्यवस्थापनमा उल्लेखनीय सहयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । राजमार्ग व्यवस्थित गर्न स्थानीय प्रशासन, नेपाली सेना कालिजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रसुवागढी हाइड्रो पावर र सडक विभागका डोजर तथा स्काभेटर अपरेटर समेतको योगदान भइरहेको बताइएको छ ।
Categorized in राष्ट्रिय