STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ढुङ्गेधारा बचाउन पूर्वप्रधानमन्त्री खनालसँग भेट

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १, शनिबार

काठमाडौं– ऐतिहासिक ढुङ्गेधारा बचाऊ अभियान सञ्चालन गरिरहेको समूहले शनिबार (चैत १ गते) पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ । बुढानीलकण्ठका समाजसेवक एवं सम्पदाप्रेमी राजु श्रेष्ठको नेतृत्वमा सम्पदा अभियन्ता यादवलाल कायस्थलगायतका व्यक्तिहरुले पूर्वप्रधानमन्त्री खनालसँग भेट गरेका थिए । उक्त भेटमा हात्तिसारमा भेटिएको ऐतिहासिक ढुङ्गेधारा उत्खननको परिणाम नष्ट गर्न खोजिरहेको र पुरातत्व विभागले नियम कानुनलाई गलत तरिकाले व्याख्या गरिरहेको कुराको जानकारी खनाललाई गराइएको थियो ।
Categorized in राष्ट्रिय