STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तनहुँमा होमस्टेको सङ्ख्या वृद्धि हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

तनहुँमा होमस्टे घरबास सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् । गाउँमा होमस्टे सञ्चालनपश्चात गाउँमै स्वरोजगार बन्न सकिने हुँदा पछिल्लो समय तनहुँमा होमस्टे सञ्चालनतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । होमस्टे घरबास को प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत ३३ होमस्टेलाई रु १० लाखको दरले रु ३३ लाख विनियोजन गरी सकिएको छ । जिल्लामा ३३ होमस्टे सञ्चालन हँुदै आएकामा छ नयाँ होमस्टे थपिने अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । उक्त छ होमस्टेको मापदण्ड नपुगेर रोकिएको थियो । उहाँले भन्नुभयो, “अहिले मापदण्ड पूरा गरेर आएकाले अब छिट्टै सञ्चालनमा आउनेछन् ।” तनहुँमा सञ्चालित ३३ होमस्टेमा एक हजार ३७० पाहुनालाई सजिलै राख्न र खाना खुवाउन सकिने क्षमता रहेको उहाँले बताउनुभयो । “जिल्लाभित्र सञ्चालित सबै होमस्टेको अनुगमनकार्यलाई वैशाखदेखि तीव्रता दिइन्छ”, उहाँले भन्नुभयो, “होमस्टेमा सफा सुग्घरमा जोड दिँदै उनीहरुलाई आवश्यक प्राविधिक सहयोग चाहिएमा उपलब्ध गराइनेछ ।” होमस्टेमा आउने आन्तरिक एवं बाह्य पाहुनाको चाहनालाई मध्यनजर गर्दै सकभर गाउँघरमा उत्पादित जैविक खानेकुरामा जोड दिन कार्यालयले सुझाव सल्लाह दिँदै आएको उहाँले बताउनुभयो । तनहुँमा सञ्चालित होमस्टेमध्ये सबैभन्दा बढी बन्दीपुर गाउँपालिकामा १० होमस्टे सञ्चालनमा रहँदै आएका छन् । होमस्टेमा आउने पाहुनालाई होमस्टे सञ्चालकले आफ्नो कला, संस्कृति, वेषभूषा अनुरुप स्वागत तथा बिदाइ कार्यक्रम गर्ने गर्दछन् ।
Categorized in राष्ट्रिय