तीनकुनेमा मोटरसाइकल दुर्घटना
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार
काठमाडौं : बिहीबार दिउँसो काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वारका अनुसार बा ३५ प ६४३० र बा ६० प १७ ८८ का बाइक ठक्कर खाँदा दुईजना गम्भीर घाइते भएका हुन् । घाइतेको परिचय खुलिसकेको छैन ।
घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएको उनले जानकारी दिए ।
Categorized in अपराध-दुर्घटना