STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन दिने भारत भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १, आइतबार

काठमाडौं - तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भने पनि नभेटी आइतबार स्वदेश फिर्ता भएका हुन् ।

आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणका बारेमा ब्रिफिङ दिएका थिए । अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा पनि फलदायी र उपलब्धिमूलक भएको पनि बताए ।

Categorized in राजनीति