STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन दिन बैंकका सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु मंगलबारदेखि बिहीबारसम्म खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भएकाले सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । अहिले बैंकहरुले सीमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।
Categorized in बिजनेस