तीन महिनादेखि कार्यालय प्रमुखविहीन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार
जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । सरुवा भएको महीनाँै दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्मालिरहनुभएको छ ।
आफूलाई निमित्तको जिम्मा दिए पनि अधिकार नदिएका कारण अन्तिम अवस्थामा हरेक दिन कार्यालयमा जग्गासम्बन्धी रजिस्ट्रेशन तथा नामसारी गर्नेको सङ्ख्या धेरै आउने गरेता पनि सेवाग्राहीले खाली हात फर्कन बाध्य भएको उहाँले बताउनुभयो । अहिले मालपोत कार्यालय कम्प्युटर अपरेटर मिमसिंह नेपालीले सम्हालिरहनुभएको छ ।
तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको नेपालीले बताउनुभयो ।
Categorized in राष्ट्रिय


