तेह्रौँ साग नेपाललाई पहिलो स्वर्ण पदक श्रेष्ठलाई
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १६, सोमबार
त्यसअघि सेमिफाइनलमा मण्डेकाजीले बङ्गलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाउनुभएको थियो । यससँगै मण्डेकाजीले दुई दशकपछि नेपाललाई कातामा स्वर्ण दिलाउन सफल हुनुभएको छ । नेपालमै भएको आठौँ सागमा गङ्गाराम महर्जनले कातामा नेपाललाई स्वर्ण दिलाउनुभएको थियो । त्यसयता कातामा नेपाल स्वर्णविहीन हँुदै आएको थियो ।[/caption]
चञ्चलाले रजत
त्यस्तै महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जित्नुभएको छ । उहाँ फाइनल खेलमा पाकिस्तानकी साहिदासँग पराजित हुनुभयो । चञ्चलाले फाइनलमा २४।६२ अङ्क जोड्दा साहिदाले २४।६२ अङ्क जोड्नुभयो ।
यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बङ्गलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गर्नुभएको थियो ।
Categorized in खेलकुद


