relans
ni new 83
nib 2082 5

त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

९ माघ, काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।

सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनुपर्नेछ ।

त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन्।

साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ।

कोरोना बढेपछि त्रिविले परीक्षाहरू भने स्थगित गरेको छ।

Categorized in शिक्षा
ppp 2