थपिए १ हजार ९४५ जना काेराेना संक्रमित, थप २२ जनाकाे मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर ५, शुक्रबार
काठमाडाैं – शुक्रबार १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनासहित हालसम्म १ हजार २ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज मात्र ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको भएर घर फर्कनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या भने २४ हजार ६ सय ६५ पुगेको छ ।
Categorized in राष्ट्रिय

