STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप दुईजनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २७८

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – पछिल्लोपटक नेपालमा दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो । मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले शनिबार नै बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाकाे मृत्युबारे आवश्यक अध्ययन गरी जानकारी दिने पनि सम्मेलनमा जनाइएकाे छ ।  
Categorized in राष्ट्रिय