STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप १३८० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १३, शनिबार

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ५ सय १५ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १८ हजार ८३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ४ सय ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय