STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप १३ जनामा संक्रमण, एकैदिन २४ जना संक्रमित देखिए

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार

काठमाडौं – कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोमबारमात्र २४ जना नयाँ संक्रमित देखिएका छन् भने नेपालमा अहिले कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ । सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण देखिएको छ । यसैगरी, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा संक्रमण देखिएका छन् । यसैगरी, बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिका भएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । यसअघि सोमबारै कपिलवस्तुमा १० र सप्तरीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय