STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

काठमाडाैं - बितेको २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा १८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ। संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोेल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् । प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका हुन्। डा. गौतमका अनुसार प्रदेश नं १ का १३ जिल्लामा ३०७ जना, प्रदेश नं २ का ८ जिल्लामा १,६७१, वागमती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना सङ्क्रमित रहेका छन्। त्यस्तै प्रदेश नं ५ का १२ जिल्लामा १,३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना सङ्क्रमित रहेका छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,२६३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १५ हजार ९३० पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि १,६२,०१३ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
Categorized in राष्ट्रिय