थप २५ जनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार
काठमाडौं – नेपालमा २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार बाँकेका ६ जना, कपिलवस्तुका १३ जना, नवपरासीका एकजना र धनकुटाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । यसैगरी, नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
Categorized in राष्ट्रिय