थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २३, आइतबार
काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
आज आइतबार कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ पुगेको छ भने ११ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप २१ जना गरी हालसम्म १ हजार १ सय ८ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
Categorized in राष्ट्रिय

