थप ३० जना संक्रमितको मृत्यु, थपिए ३,३०९ संक्रमित
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २१, शुक्रबार
काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै १ हजार ३४ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी २४ घन्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ भने १३ सय ५ जना क्वारेन्टिनमा रहेका छन् ।
Categorized in राष्ट्रिय

