STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ५ सय ५४ जनामा स‌ंक्रमण, संक्रमित १२ हजार नाघ्याे, मृत्यु हुने २८ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १३, शनिबार

काठमाडाैं - शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् । कुल १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ । मृतकको संख्या भने २८ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या २८ नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएको हो। फोक्सोको क्यान्सरबाट पीडित पुरुष भारतमा उपचार गराएर नेपाल आएका हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइराखेको थियो। असार ११ गते कोरोना परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। उनको उपचारकै क्रममा शनिबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। उनको शव नेपाली सेनाको विशेष टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ।
Categorized in राष्ट्रिय