STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ७४० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

काठमाडौँ : देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् । थप एक जनाको मृत्यु कोरोना भाइरस सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिनएको छ । मुटुको समस्या भएको उहाँको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाइ, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् ।
Categorized in राष्ट्रिय