थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ९८२ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १५, बिहिबार
काठमाडौं – बिहीबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी–४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ वर्षीय पुरुष, २९ र १४ वर्षीया महिला, ४ वर्षीया बालिकामा र पुरुषको नाम भएका तर फर्ममा महिला लेखिएको एकजनामा संक्रमण पुष्टि भएको छ ।
धनुषाको स्वास्थ्य कार्यालयका ३१ र ७० वर्षका दुईजनासँगै जलेश्वरका ४३, ५२, २२, २१, १८ वर्षीय पुरुषहरु र उमेर नखुलेको एकजना, महोत्तरीको जलेश्वरस्थित क्वारेन्टाइनमा रहेका ४५, १५, २१, ४५, २०, २२, १९, २०, ३२, २१, २६, २१ वर्षका पुरुषहरु, जलेश्वर पिपिएचएलका २२ वर्षकी महिलासहित १९, ३७, २१, ३१, २५ र २८ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबसाईन ३० वर्ष, ४२ वर्ष, २१ वर्ष, ३० वर्ष, ३३ वर्ष, २९ वर्ष, १८ वर्ष, ३७ वर्ष, ३० वर्ष, १९ वर्ष, २७ वर्ष र ३७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीबाटै स्वाब संकलन भएकोमा पछिल्लो ३७ वर्षीय पुरुषको ठेगाना फर्ममा क्लियर नरहेको प्रयोगशालाले जनाएको छ ।
सिराहाको एल पथरीका १८ वर्षीय, बरियारपट्टीका २५, १८, ४०, २५ वर्षीय पुरुष र एकजना उमेर नखुलेका व्यक्ति संक्रमित रहेको राष्ट्रिय प्रयोगशालाले जानकारी दिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबासाईनका ४७ वर्षीय र विष्णुपुरका ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट ललितपुरका एकजनाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।
बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।
Categorized in राष्ट्रिय