थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८२
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
काठमाडौं– नेपालगन्जका थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।
Categorized in राष्ट्रिय