STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २७, शनिबार

म्युजिक भिडियो जगतको चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकुको सभापतित्वमा  प्रियसी म्युजिक प्राली को आयोजना थाइल्यान्ड  सिगापुर हुँदै  मलेशिया मा सम्पन्न भएको  छ । वरिष्ठ गायक तथा लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल का पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको सो तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड मलेशिया को क्वालालमपुर एन.आर.एन हल मा सप्पन्न भएको थियो । सो कार्यक्रम सफल पार्न मलेशिया कर्म थलो बनाइ बस्नु भएका व्यवसायी  तथा  एन.आर. एन मलेशिया का पुर्व महासचिव समाजसेवि सुन्दर आले तथा होटेल लाङघाली चुलो परिवार , एल. बि मगर,  पत्रकार कृष्ण गुप्ता लगायत  विभिन्न  सन्चारकर्मिहरु, विभिन्न सघ सस्थाबाट अवार्ड समारोहमा सहभागि हुने पदाधिकारी ,  राजनीति ब्यक्तित्वहरुका साथै सो समारोहमा सहभागि सबै  ५५ जना कलाकार टिमको उपस्थिति प्रति अायोजकको तर्फबाट बबिता श्रेष्ठ मलेकुले एक वक्तव्य प्रकाशित तरी धन्यवाद ज्ञापन गर्नु भएको छ । यस्तैगरी लोक प्रिय गायक तथा कार्यक्रम उद्घघोषक  अमृत खाती  मेरो साथी म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ ,अवार्डका निर्णायकहरुका साथै अवार्ड प्राप्त गर्नु हुने कलाकार सस्टा सर्जक सबै लाई बधाई तथा शुभकामना र थाइल्यान्डमा कार्यक्रम का लागि हल उपलब्ध गराएर  सहयोग गर्ने दुबई रेस्टुरेन्ट टिम र   बिधान शाह ,  सगीत श्रेष्ठ , अलि खान लाई बिशेष धन्यवाद भनि सो वक्तव्य मा उल्लेख गरिएको छ ।

Categorized in साहित्य-कला