STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थिमिका एकै परिवारका ३ जना मृत फेला

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २७, शनिबार

काठमाडौँ _ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको एक घरमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए । उनीहरुको कुकुर पनि मृत भेटिएको छ घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् । एसएसपी दीपक थापा घटनाबारे विस्तृत जानकारी आईनसकेको बताउँदै अनुसन्धानमै रहेकाे र यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्ने बताए । मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।    
Categorized in अपराध-दुर्घटना