STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थ्री स्टारको भवनका लागि ललितपुर– १६ वडाबाट २५ लाख दिने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण १९, मंगलबार

नेपालको खेलकुद विकासमा अग्रणी संस्था थ्री स्टारक्लबको भवन निर्माणको लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्ता स्वरुप हाललाई नौ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो ।सो अवसरमा वडाअध्यक्ष शाक्यले मुलुकको खेलकुद विकासमा क्लबको योगदान महत्वपूर्ण रहेपनि स्रोत साधनको अभावले हालसम्म क्लब भवन बन्न नसकेको स्थितिलाई मध्यनजर गरी सो रकम प्रदान गरिएको बताउनुभयो । 

गत आर्थिक वर्षको बजेटबाट सो रकम प्रदान गरिएको बताउ“दै निर्माण कार्य शुरु गरिएपछि बाँकी ४० प्रतिशत रकम प्रदान गनेृ पनि वडाअध्यक्ष शाक्यले बताउनुभयो ।

रकमका कारण भवन निर्माण कार्य रोक्न नहुने भन्दै वडाअध्यक्ष शाक्यले भवनको लागि चालू आर्थिक वर्षमा थप १० लाख रुपैयाँ विनियोजित गरेको बताउनुभयो ।

क्लबको दुःख पीर र व्यथा बुझ्ने भन्दै वडाअध्यक्ष शाक्यको अग्रसरतालाई क्लबका अध्यक्ष जोशीले प्रशंसा गर्नुभयो ।

Categorized in खेलकुद