दलितको सामूहिक हत्याप्रति समाजवादी पार्टीको घोर निन्दा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार
काठमाडौं – प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा जाजरकोटक भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.लगायत उनका साथीहरुको दलित भएकै कारण भएको सामूहिक हत्याको घटनालाई लिएर समाजवादी पार्टीले घोर निन्दा एवं भत्र्सना गरेको छ ।
पार्टीका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरी एक विज्ञप्ति जारी गर्दै रुकुमको उक्त घटनालाइ अमानवीय एवम् क्रूरको संज्ञा पनि दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “अन्तरजातीय विवाह कानुनी रुपमा निषेध नभए पनि जात्यन्ध विभेदपूर्ण घटनाहरु वर्षेनी घट्ने गरेका छन् । यस्ता घटनाले जातीय विभेद हटाउन र हुन नदिने जस्ता कुरा सरकारको ओठे गफमा मात्र सीमित भएको प्रमाणित भएको छ ।”
समाजबाट जातीय लगायत सबै प्रकारका विभेदहरुको अन्त्य गराउन ठोस पहल र कानुनी मर्यादा कायम गरी पालना गर्न गराउन समाजवादी पार्टी सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।
यस्ता आपराधिक घटनामा संलग्नहरुमाथि कडाभन्दा कडा कारबाही गर्न र घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य जनसमक्ष ल्याउन पनि समाजवादी पार्टीले सरकारसँग माग गरेको छ ।
Categorized in राजनीति