STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दलितलाई पेशानुसारका सामग्री प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशाको संरक्षण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले पालिकाभरि बस्ने दलित समुदायलाई लक्षित गरी उनीहरुलाई जातीय पहिचान जोगाउन अभियान थालेको गाउँपालिकाले जनाएको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरी आरनका सामग्री, विद्युतीय पङ्खा, फलाम कटर, ग्रेन्डर तथा गन्धर्व समुदायका लागि संस्कृतिको संरक्षण गर्न बाजा सारङ्गी, मादल, केसियो, डफली, घङ्गुराका साथै नौमती, पञ्चेबाजालगायतका सामग्री वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले दलित समुदायका परम्परागत पेशा तथा लोपोन्मुख संस्कृतिको संरक्षण गर्न सोही समुदाय अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको पनि स्पष्ट पार्नुभयो । भण्डारीले गाउँपालिकाले परम्परागत पेशा सुदृढीकरण कार्यक्रमअन्तर्गत यस्ता पेशा व्यवसाय गरेका दलित समुदायमा सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । बाजा पाएपछि दलित सञ्जाल समितिका सचिव जगत गन्धर्वले गाउँपालिकाले आफूहरुका लागि यसरी सहयोग गर्नेछ भनेर नसोचेको उल्लेख गर्दै अब समुदायका संस्कृतिलाई हराउन नदिने बताउनुभयो । समितिले बाजा पाएपछि दलित समुदायले सामूहिकरूपमा बाजा बजाएर गीत गाउँदै रमाइलोसमेत गरेका थिए ।
Categorized in राष्ट्रिय