STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ४, सोमबार

चितवन - राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि  रु १५ हजार र रु पाँच ÷ पाँच हजार  छ ।

भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र  नीता रसाइलीको आर्थिक सहयोगमा  सङ्घले ती  पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौतापत्रमा सङ्घका अध्यक्ष अमिर रामदाम र  व्यवसायी सुनारले हस्ताक्षर गर्नुभएको छ । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक  र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ ।  रासस

Categorized in राष्ट्रिय