STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दशैंसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारको दाबी

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २०, आइतबार

काठमाडौं - आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताए ।

अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताए ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए ।

१ करोड ४ लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

 

नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १ करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन्।

मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठकसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य लिएको जानकारी दिए।

राज्यमन्त्री श्रेष्ठका अनुसार उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन ५ करोड ५ लाख डोज आवश्यक पर्छ।

चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने पूर्वनिर्धारित लक्ष्यअनुसार नै खोपको आपूर्ति भइरहेको राज्यमन्त्री श्रेष्ठको भनाइ छ।

Categorized in स्वास्थ्य-मौसम