relans
ni new 83
nib 2082 5

दसैँसम्म पानी पर्ने मौसम विभागको पूर्वानुमान

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन ६, आइतबार

काठमाडौं- यस वर्ष हिले दसैँ हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दसैँसम्म पनि पानी पर्ने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दसैँसम्म मनसुन रहनसक्ने सम्भावना छ। त्यो भनेको वर्षा हुन सक्छ भनेको हो।’ सन् २०२२ मा पनि दसैँको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो।

यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ।

यस वर्षको अक्टोबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ। मनसुनको प्रणालीलाई हेर्दा दसैँको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको मौसमविद्हरू बताउँछन्।  

Categorized in स्वास्थ्य-मौसम
ppp 2