STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दहचोकलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ अध्यक्ष तिमल्सिना

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १८, शनिबार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दहचोकमा रहेको कालुपाण्डे समाधिस्थललाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र दहचोकस्थित कालुपाण्डेको समाधिस्थलको आज निरीक्षण गर्दै उहाँले समाधिस्थलमा निर्माणाधीन भ्यूटावरलाई आधुनिक प्रविधि र उपकरणको व्यवस्था गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “कालु पाण्डे समाधिस्थल र भ्यूटावर रहेको क्षेत्रको जग्गा अधिकरण गरी राष्ट्रिय पार्क निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष तिमल्सिनाले उक्त क्षेत्रमा भूमाफियाले कब्जा गर्ने दृष्टि राख्न सक्ने भन्दै स्थानीय तहले घुमफिरका क्षेत्रका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले समग्र चन्द्रागिरिको पर्यटन विकासका लागि जनप्रतिनिधिको हिसाबले आफू लागिरहेको बताउनुभयो । निरीक्षणमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, कार्यकारी प्रमुख युवराज पौडेल, चन्द्रागिरि–१ का अध्यक्ष राजेन्द्र केसी, दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापालगायतको सहभागिता रहेको थियो । सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले ऐतिहासिक इन्द्रस्थान, कोतघर, पृथ्वी नारायण शाहले मुलुक एकीकणको समयमा निर्माण गरेका गढी, मनकामना मन्दिर पार्कलगायतको स्थलगत अवलोकन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय