STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दार्चुला बाढी पहिरो : मृतकका परिवारलाई एक लाख दिने घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडौं - प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन्।

बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ। त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन्।

यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्।

दार्चुलामा अविरल वर्षापछिको बाढी/पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। १० जना बेपत्ता छन्। आठ जना घाइते भएका छन्।

Categorized in अपराध-दुर्घटना