STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई सातामै पक्की पुल भत्कियो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ७, आइतबार

काठमाडाैं - रुपन्देहीको छपियामा ढलान सकिएको दुई सातामै पक्की पुल भत्किएको छ। सियारी गाउँपालिका वडा नम्बर ५ र मायादेवी गाउँपालिकालाई जोड्ने दानव खोलामाथिको उक्त पुल शनिबार साँझ करिब ६ बजे भत्किएको हो। २०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो। डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले अरु पुलहरु ढलान गर्दा टेकाले अडाउने गरिएको भएपनि यो प्रविधिको पुल विमभित्र राखिएको लठ्ठाले अड्याउने गरी निर्माण गरिएको जानकारी दिए। पुल ढलान गरिएको दुई सातापछि लठ्ठा तान्नुपर्ने भए पनि लठ्ठा तान्दै गर्दा अचानक बाढी आई भत्किएको उनले बताए। दुई दिनपछि मात्रै लठ्ठा तान्नुपर्ने भए पनि दानव खोलामा आउने बाढीको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडि लठ्ठा तानिएको थियो। ८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल भत्किँदा एक करोड बराबरको क्षति भएको ईन्जिनियर मरासिनीले जानकारी दिए। पुल निर्माणको जिम्मा लिएको कम्पनी निलगिरी नेशनल जेभिका प्रतिनिधि सूर्य अधिकारीले फागुनमै पुल ढलान गर्ने तयारी गरिएको भएपनि लकडाउनका कारण ढिलो गरी ढलान गरिएको बताए। ६० मिटर लम्बाईको उक्त पुलको ३० मिटर खण्ड ढलान भइसकेको थियो। गत वैशाख १५ भित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण असार मसान्तभित्रै सम्पन्न गर्ने गरी काम गरिरहेको अधिकारीले बताए। तस्वीर स्रोत: मेघराज मरासिनी
Categorized in राष्ट्रिय