STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

महाभारत र चौँरीदेउराली गाउँपालिकामा भूकम्पपश्चात् निर्माण गरिएका स्वास्थ्य चौकी भवन ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कोरियाली रेडक्रस सोसाइटीको को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट निर्माण भएका ती भवन गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । महाभारत गाउँपालिका वडा नं ६ वनखुचौरमा निर्माण गरिएको स्वास्थ्य चौकी सोही  गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई कोरियाली  रेडक्रसका नेपाल प्रमुख सन्हिकिम र नेपाल रेडक्रस सोसाइटी बनेपा शाखा सभापति रघुवर चौप्रधानले बिहीबार संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो । उक्त भवनमा ११ कोठा छ ।
त्यस्तै चाँैरीदेउराली गाउँपालिका वडा नं १ सानोवाङ्थलीको स्वास्थ्य चौकी गाउँपालिका अध्यक्ष दीनानाथ गौतमलाई  हस्तान्तरण गरिएको थियो । रु ७२ लाखको लागतमा निर्माण भएका दुबै भवन भौगोलिक अवस्था र ढुवानीका कारण  तोकिएकोभन्दा बढी कम लागतमा निर्माण भएको रेडक्रसले जनाएको छ ।  भूकम्पले भवन भत्काएपछि जस्ताको टहरामा बसेर सेवा दिँदै आएकामा भवन हस्तान्तरण गरिएपछि  अब सुविधा सम्पन्न भवनबाट सेवा दिन शुरु गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 
प्रिफ्याव्रिकेटेड प्रविधिको ती भवन आवाससहितको छ । भूकम्पपछि जिल्लामा कोरियाली  रेडक्रसले यस्तै सुविधा सम्पन्न १२ वटा भवन निर्माण गर्ने जिम्मा लिएकामा सबै भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरिसकेको सभापति  चौप्रधानले बताउनुभयो ।
Categorized in राष्ट्रिय