STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा आज एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते बसका मालिक भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइत भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Categorized in अपराध-दुर्घटना