STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

गएराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको छ । विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताउनुभयो । मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृढ गर्दै उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना