STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ । 
पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका क्रस आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण गर्ने लक्ष्य रहेको उक्त गाउँपालिकाको पशु सेवा कार्यालयका शाखाप्रमुख मानबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “दूधमा आत्मनिर्भर बनाउन हामीले १० किसानलाई जर्सी र होलेष्टिन जातका गाई वितरण गर्ने लक्ष्य लिएका छौँ, अहिले आठ जनालाई वितरण ग¥यौँ, बाँकी दुई जनालाई केही दिनमै दिनेछौँ ।”
गाउँपालिकाको अनुदान रकम रु ६ लाख १० हजार र किसानको रु एक लाख ६० हजारको लागतमा उन्नत गाई खरीद गरी किसानलाई दिइएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “दूधमा आत्मनिर्भर हुन सकाँै र किसानलाई पनि दूधबाट आम्दानी होस् भन्ने उद्देश्यले गाई वितरण गरेका छौँ, राम्रो काम गरे सफल नै होइनेछ ।” गाउँपालिकाको अनुदानमा पहिलो चरणमा गाई पाउने किसानमा गङ्गाराम भट्ट, मानबहादुर कपड्याल, जनक साउद, बिमलादेवी मगर, लक्ष्मण बोहरा, चित्रादेवी ओझा, दुर्गा बोहरा र मोहन नाथ रहेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । जिल्लामा उक्त गाउँपालिकाले गाउँपालिकाभित्र कृषि तथा पशुपक्षी पालनालाई उच्च प्राथमिकता दिएर कार्यक्रमअगाडि बढाइरहेको छ । 
Categorized in राष्ट्रिय