STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर पेट्रोलियम पदार्थको स्टक पर्याप्त

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २६, बिहिबार

काठमाडौं -  देशभर पेट्रोलियम पदार्थ स्टक पर्याप्त रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्टक पर्यात रहेको छ । 

उनले भने, सोमबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किएपछि भारतीय नाकामा कडाइ गरेको थियो । तर पाइपलाइनबाट भने आपूर्ति नरोकिएको उनको भनाइ छ । ‘आज बिहानैदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका गाडीहरू छुट्न थालेका छन्,’। 

पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको निर्देशक भट्टले बताएका छन् । एलपी ग्यासको बुलेटहरू पनि छुटिरहेकाले ग्यास आपूर्तिमा समेत कुनै समस्या नभएको निगमले जानकारी दिएको छ । 

कार्यकारी निर्देशक भट्टका अनुसार काठमाडौँमा पेट्रोलियम पदार्थको स्टक करिब ७५ देखि ८० प्रतिशत क्षमतामा रहेको छ भने यसले गर्दा एक–दुई दिन आपूर्ति बन्द भए पनि कुनै समस्या नहुने र कम्तिमा १० देखि १२ दिनसम्म मज्जाले धान्न सकिने कार्यकारी निर्देशक भट्टले जानकारी गराएका छन् ।  यो स्टकले १३ देखि १४ दिनसम्मको लागि पर्याप्त हुने उनको भनाइ छ ।

Categorized in राष्ट्रिय