दोलखाको मतदान केन्द्रमा ७ राउण्ड हवाई फायर
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ४, आइतबार
काठमाडौं - जिल्लाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ ।
एकसाथ धेरै मतदाता हो–हल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गरेपछि झडप भएको थियो ।
त्यसपछि स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेका हुन् । प्रहरीका अनुसार अहिले मतदान रोकिएको छ ।
Categorized in राजनीति

