relans
ni new 83
nib 2082 5

दोलखामा पहिरोले चार घर बगायो

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १०, आइतबार

दोलखा – दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।

शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ।

पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ।

पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्।

Categorized in खेलकुद
ppp 2