दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् ।
पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन्
लगानी स्कुल काठमाडौँ र सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले संयुक्त रुपमा आयोजना गरेको शेयर बजारसम्बन्धी कार्यशालामा सरोकार भएकाले बजारमा व्यावहारिक रणनीति अवलम्बन गरेर पनि नाफा लिन सकिने बताए ।
त्रिभुवन विश्वविद्यालयका प्राडा मनोहरकृष्ण श्रेष्ठले शेयर बजार जसले बढी किनबेच गर्छ उसले कहिल्यै पनि बजारबाट नहार्ने उल्लेख गर्दै प्राथमिक शेयरलाई दोस्रो बजारमा एकबाट अर्कोमा हस्तान्तरण गरेर हुर्काउन सकिन्छ भन्नुभयो ।
उहाँले बजार बढ्दा शेयरहोल्डमा नराख्न लगानीकर्तालाई आग्रह गर्दै मार्जिन आएपछि नाफा लिन सक्नुपर्ने बताउनुभयो । प्रा श्रेष्ठलाई शेयर बजारमा ४० वर्षको लामो अनुभव छ । लगानी स्कुलका सुदर्शन कडरियाले पूँजी बजारमा जुन व्यवहार हुन्छ त्यसका आधारमा बजार निर्धारण हुने उल्लेख गर्दै जोखिमको क्षेत्र भएकाले संवेदनशील रुपमा लगानी गर्न आग्रह गर्नुभयो ।
त्रिभुवनविश्वविद्यालयका उप–प्राध्यापक फुलप्रसाद सुवेदीले शेयर बजारलाई महाभारतको संज्ञा दिँदै पूँजी बजारको प्रवृत्तिलाई बुभ्mनसक्ने हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“स्थिर भएर धैर्यताका साथ लगानी गरे त्यसले पछाडि फर्कनुपर्ने अवस्थाको अन्तय गर्छ ।”
शेयर बजारसम्बन्धी जानकार सन्तोषराज बजगाइँले अहिले बजारमा नयाँ लगानीकर्ता फसिरहेको आंैल्याउँदै अहिलेको मुख्य समस्या तरलता भएको बताउनुभयो । लगानी होल्डिङ रिसर्चका राजकुमार केसीले शेयर बजारमा सधैँ एउटै रणानीतिले काम नगर्ने उल्लेख गर्दै उहाँले शेयर गाई, भँैसी पालेको जस्तो होइन भन्नुभयो ।
प्रदेश नं– ५ को विभिन्न जिल्लाबाट शेयरसम्बन्धी शिक्षा लिन लगानीकर्ता बुटवल आएका थिए । खासगरी दाङ, कपिलवस्तु, परासी, नवलपुर, पाल्पा, अर्घाखाँचीबाट करीब ७० जना सहभागी भएको बताइएको छ ।
पूँजी बजारको ‘हब’को रुपमा विकास हुन लागेको प्रदेश नं ५ मा रहेका कूल नौ ब्रोकर ९दलाल० कार्यालयमध्ये पाँच बुटवलमा, एक भैरहवा, एक दाङ र दुई नेपालगञ्जमा छन् । बुटवलका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुँदै आएको छ ।
Categorized in राष्ट्रिय


