STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दोहोरो अङ्कले बढ्यो नेप्से

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५३ लाख ३१ हजार ३८० बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ८० लाख ९१ हजार ७९३, प्रभु बैंकको संस्थापक शेयर रु चार करोड ८४ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड नौ लाख ९४ हजार ७५७, एनएमबी बैंक रु दुई करोड ६० लाख २४ हजार ३४, शिवम् सिमेन्ट रु दुई करोड ४९ लाख ५३ हजार १९४ र नबिल बैंक रु दुई करोड ४० लाख ७० हजार २८४ मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुर्नबीमा कम्पनीका शेयरधनीले १०÷१० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था ९.९५, गरिमा विकास बैंक ९.८४, यूनाइटेड इन्स्योरेन्स ९.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.७०, सिद्धार्थ इन्स्योरेन्स ९.४५, आशा लघुवित्त वित्तीय संस्था ९.२८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाएका छन् । त्यस्तै, राधी विद्युत् कम्पनी ९.८९, बोटलर्स नेपाल तराई ५.८६, देवः विकास बैंक ५.१६, जोशी हहाइड्रोपावर ३.९२, बिशाल बजार कम्पनी ३.९१, खानीखोला हाइड्रोपावर ३.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाएका छन् । 
Categorized in बिजनेस