STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धन्यवाद प्रस्ताव सर्वसम्मत पारित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

प्रदेश नं ५ को प्रदेशसभाले आज धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हिजो प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट प्रदेश सरकारको आगामी आव २०७६÷७७ को नीति कार्यक्रम प्रस्तुतार्थ भएको सम्बोधनका लागि सभामुख पूर्णबहादुर घर्तीले धन्यवादको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो । 
सो प्रस्तावको प्रस्तावक प्रदेशसभाका सदस्य भूमिश्वर ढकाल र सर्मथन सहसराम यादवले गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारको आव २०७६÷७७ को नीति कार्यक्रमको प्रस्तुतार्थ प्रदेश प्रमुख झाले गर्नुभएको सम्बोधनको प्रति सभाको बैठकमा पेश गर्नुभएको थियो । 
त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाको बैठकमा पेश गर्नुभएको थियो । 
Categorized in राष्ट्रिय