धादिङको स्कार्पियो दुर्घटनामा पाँच घाइते
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १८, मंगलबार
धादिङ– धादिङमा स्कार्पियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सदरमुकाम धादिङवेशींबाट काठमाडौंतर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो जीप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा परी मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र कुमार श्रेष्ठ, धादिङ शाखा प्रबन्धक बिनोद खतिवडासहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।
घाइतेको अवस्था गम्भीर भएकोले धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
Categorized in अपराध-दुर्घटना

