relans
ni new 83
nib 2082 5

धार्चेमा व्यावसायिक स्याउ खेती शुरु 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक स्याउ खेती शुरु गरिएको छ । 
 
स्याउ खेतीको उच्च सम्भावना रहेको धार्चेमा अहिलेसम्म पनि व्यावसायिक स्याउ खेतीको विकास हुन नसकेपछि गाउँपालिकाले नै  पहिलो चरणमा १४ सय उन्नत जातका स्याउको बेर्ना वितरण गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने काम शुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । 
“अहिले सबै वडाहरुमा परीक्षणको रुपमा दुई–दुई सयका दरले स्याउको बेर्नाबाट सामुहिक रुपमा खेती शुरु गरेका छौँ, अध्यक्ष गुरुङले भन्नुभयो, “अहिले रोपेका बेर्नाले एक वर्षमा फल दिने जातको भएकाले यसबाट किसानसमेत उत्साहित भएका छन् ।”
गाउँपालिकाले सबै वडामा सामुहिक रुपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । “दर्ता भएका सबै समूहलाई बेर्ना वितरण गरिएकाले गाउँपालिकाले ती सबै समूहलाई सूचीकृत पनि गर्नेछ”, उहाँले भन्नुभयो, “सामूहिक रुपमा खेती गरिएकाले त्यसको बजार व्यवस्थपान गर्न समेत सजिलो हुन्छ ।”
वितरण गरिएका समुूहले सार्वजनिक जग्गामा वा त्यो जग्गा नभए जमीन भाडामा लिएर पनि खेती शुरु गरेको अध्यक्ष गुरुङले बताउनुभयो । “वितरण गरिएको स्याउको प्रति बेर्नाको मूल्य नर्सरीमा रु एक हजार ५०० परेको छ”, उहाँले भन्नुभयो, “गाउँसम्म ल्याई पु¥याउदा एउटा बेर्नाको मूल्य दुई हजार पाँच सयसम्म पुग्नसक्छ ।”
एग्रो मनाङ नर्सरीमार्फत वितरण गरिएको स्याउको बेर्ना डाला, फुजी र गोल्डन जातका छन् । इटालीबाट झिकाएर वितरण गरिएको बेर्ना एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उहाँले बताउनुभयो । 
धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय
ppp 2