STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धितालकोट, कोइलीकोट, हेम्जाकोटको सङ्गमस्थलमा पुसे पन्ध्रम तथा ल्होसार मेला

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं ६, धिताल, हेम्जाकोटस्थित जय बराह युवा क्लबको आयोजनामा मङगलबारदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला शुरु भएको छ । संस्कृतिको जगेर्नाका साथै यस क्षेको पर्यटकीय विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले मेलाको शुभारम्भ गर्दै यहाँ सञ्चालित घरवासलाई व्यवस्थित गर्दै पर्यटन प्रवद्र्घन गरिने जानकारी दिनुभयो । धितालकोट, कोइलीकोट, हेम्जाकोटजस्ता कोटैकोटको सङ्गमस्थल भएकाले यी स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । माछापुच्छ«े गाउँपालिका वडा नं ६ का वडाध्यक्ष हरिशचन्द्र ढुङ्गानाले एकआपसमा गरिने दोषारोपणले समाजको विकास सम्भव नहुने धारणा राख्नुभयो । कार्यक्रममा क्लबका अध्यक्ष रविन गुरुङ, माछापुच्छे«–९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्री, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेल, जयकोट मन्दिरका अध्यक्ष अमरबहादुर क्षेत्रीलगायते मेला तथा महोत्सवका माध्यमबाट यी ठाउँका सम्भावनालाई प्रचारप्रसार गर्न सकिने धारणा राख्नुभयो । मेलाअन्तर्गत विभिन्न प्रतियागितात्मक खेल राखिएकामा भलिबल खेलमा म्याग्दीचोक युवा क्लब हेमजालाई हराउँदै बौद्घ सिर्जनशील युवा क्लब घलेल विजयी भएको छ । मेलामा भलिबलका साथै नृत्य, घँैटो फुटाई, रसी तान्ने, मकै गन्ने, छेलो, मेच घुमाईलगायतका प्रतियोगिता राखिएको खेल संयोजक सुन्दर गुरुङले जानकारी दिनुभयो । मेला चार दिनसम्म चल्नेछ ।
Categorized in राष्ट्रिय