STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धितोपत्र बजार ः दोहोरो अङ्कको गिरावट कायमै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १६, सोमबार

आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४।४५ बिन्दुले घटेर एक हजार १७०।३४ मा पुगेको छ । आज नेप्से १।२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २।९८ अर्थात १।१५ प्रतिशतले ओरालो लागी २५६।३१ विन्दुमा झरेको छ । नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता शेयर रु ४० करोड ७५ लाख ६९ हजार ७१२ मूल्यमा खरिदबिक्री भए । आइतबार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको थियो । स्टकका अनुसार आज कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १२।५९, होटल ०।३४, विकास बैंक १२।०९, जलविद्युत् १४।७४, वित्त ६।०४, निर्जीवन बीमा ७१।२७, उत्पादन २०।२, अन्य ७।३६, लघुवित्त २४।९८, जीवन बीमा ९५।६९ र सामूहिक लगानी कोष ०।०६ विन्दुले घटेको छ । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५६ लाख ६५ हजार बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ५० लाख तीन हजार ५७५, युनाइटेड फाइनान्स रु दुई करोड ४४ लाख ९३ हजार ३५८, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड रु एक करोड ९३ लाख ९२ हजार ११३, कुमारी बैंक लिमिटेड रु एक करोड ८८ लाख ९८ हजार ४५०, कृषि विकास बैंक रु एक करोड ८२ लाख १४ हजार १९७ र शिवम् सिमेन्ट रु एक करोड ५१ लाख ५१ हजार २११ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५।४५, सबैको लघुवित्त वित्तीय संस्था ४।५४, आँधीखोला लघुवित्त वित्तीय संस्था ३।६४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ३।३० र ओरियन्टल होटल लिमिटेडका शेयरधनीले २।९२ प्रतिशतले कमाए । यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७।९६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ७।४४, युनाइटेड फाइनान्स ६।२५, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड ५।६० र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले ५।५३ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस